Chapter 7 Force and Motion
पाठ ७ बल र चाल तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् : कुनै दुई वस्तुबिचको दुरी (d) र ती दुई वस्तुबिचको गुरुत्वाकर्षण(F) बिचको सम्बन्ध कुन हो? F∝ 1 d F∝ d 2 F 1 d 2 F d कुनै दुईओटा वस्तुमध्ये दुवैको पिण्ड दोब्बर गर्दा ती वस्तुबिचको गुरुत्वाकर्षण बलमा आउने परिवर्तन कुन हो? (अ) बल दुई गुणा बढ्छ । ( आ) बल चार गुणा बढ्छ (इ) बल दुई गुणा घट्छ । (ई) बल चार गुणा घट्छ । पृथ्वीमा कुनै दुईओटा वस्तुबिचको गुरुत्वाकर्षण बल 60 N छ भने चन्द्रमामा ती दुई वस्तुबिचको गुरुत्वकर्षण बल कति हुन्छ? 10 N 6 N 9.8 N 60 N तलका मध्ये सही कथन कुन हो (अ) पृथ्वीको सतहबाट गहिराइमा जाँदा गुरुत्व प्रवेगको मान बढ्छ । ( आ) पृथ्वीको सतहबाट उचाइ बढ्दा गुरुत्व प्रवेगको मान घट्छ । (इ) पृथ्वीको भूमध्यरेखीय भागमा भन्दा ध्रुबीय भागमा गुरुत्व प्रवेग कम हुन्छ । (ई) पृथ्वीको सबैभन्दा अग्लो स्थानमा गुरुत्व प्रवेगको मान सबैभन्दा बढी हुन्छ । तलका मध्य कुन स्थानमा तपाईंको तौल मापन गर्दा सबैभन्दा बढी तौल हुन्छ ? अ) सगरमाथाको चुचुरो आ) झापाको केचनाकवल इ) अपी हिमाल ई) चन्द्रागिरी पहाड पृथ्वीको अर्धव्यास 6371 km र कुनै...