Chapter 3- Honey Bee

                                                                      पाठ ३ मौरी

अभ्यास

  1. तलका प्रश्‍नको सही विकल्प छनोट गर्नुहोस् :

  1. कुन मौरीमा 16 ओटा मात्र क्रोमोजोम हुन्छन्?

(अ) रानी मौरी  (आ) कर्मी मौरी  (इ) भाले मौरी  (ई) रानी मौरी र कर्मी मौरी


  1. रोयल जेली कहाँबाट उत्पादन हुन्छ?

(अ) रानी मौरीको शिर ग्रन्थिबाट (आ) भाले मौरीको शिर ग्रन्थिबाट 

(इ) कर्मी मौरीको शिर ग्रन्थिबाट (ई) कर्मी मौरीको र्‍याल ग्रन्थिबाट


  1. मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुन मौरी बन्छ?

(अ) रानी मौरी     (आ) भाले मौरी    (इ) कर्मी मौरी     (ई) रानी मौरी र कर्मी मौरी


  1. दिइएको चित्रमा मौरीको कुन अवस्था देखाइएको छ?

(अ) फुल    (आ) लार्भा     (इ) प्युपा     (ई) वयस्क


  1. मौरीलाई सामाजिक किरा भन्‍नुको कारण के हो ?

(अ) यसले मह उत्पादन गर्छ । (आ) यसले बिरुवामा परागसेचन गराउँछ

(इ) यो समूहमा मिलेर बस्छ । (ई) यो घरपालुवा किरा हो।


  1. कर्मी मौरीका खुट्टामा रहेको पोलेनबास्केट कुनै कारणवस चुँडिएछ ।  उसको कुन कार्य गर्ने क्षमता घट्छ?

(अ) फूलको रस जम्मा गर्ने (आ) ब्रुड प्रकोष्‍ठ निर्माण गर्ने

(इ) लार्भालाई रोयल जेली खुवाउने (ई) फूलको परागकण जम्मा गर्ने


  1. तलका मध्ये कुन चाँहि भाले मौरीको विशेषता हो?

(अ) ह्‍याप्‍लोइड, स्टेराइल, मझौलाकार, झुसिलो (आ) ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो

(इ) डिप्लोइड, स्टेराइल, मझौलाकार, चिल्लो (ई) डिप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो


  1. रानी मौरीले नप्चियल फ्लाइट पश्‍चात् भालेबाट प्राप्‍त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ?

(अ) पोलेन स्याक (आ) ओभरी

(इ) स्पर्म स्याक (ई) एग स्याक


  1. फरक लेख्‍नुहोस्।

  1. भाले मौरी र कर्मी मौरी


  1. रानी मौरी र कर्मी मौरी


  1. रानी मौरी र भाले मौरी



 

भाले मौरी

कर्मी मौरी

मझौला आकार

सबैभन्दा सानो आकार

16 वटा क्रोमोजोम हुने

32 वटा क्रोमोजोम हुने

अनिसेचित फुलवाट बन्‍ने

निसेचित फुलबाट वन्ने

रानी मौरीलाई गर्भाधान गराउने कार्य

घार बनाउने, मह जम्मा गर्ने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने


 

 

 

रानी मौरी

कर्मी मौरी

सबैभन्दा ठुलो आकार

सबैभन्दा सानो आकार

एउटा घारमा एउटा मात्र रानी मौरी हुन्छ

एउटा घारमा हजारौ कर्मी मौरी हुन्छन

लार्भा अवस्थाभरि रोयल जेली मात्र खान्छ

रोयल जेलीको साथै मधुकुट पनि खान्छन

मौरीको गोलालाई सञ्चालन गर्छ

घार बनाउने, मह जम्मा गर्ने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने कार्य आदी ।




 

रानी मौरी

भाले मौरी

सबैभन्दा ठुलो आकारको मौरी

मझौला र झुसिलो आकारको मौरी

रानी मौरीमा 32 वटा क्रोमोजोम हुने

भाले मौरीमा16 वटा क्रोमोजोम हुने

निसेचित फुलवाट बन्छ

अनिसेचित फुलवाट बन्छन

मौरीको गोलालाई सञ्चालन गर्छ

रानी मौरीलाई गर्भाधान गराउने कार्य



  1. कारण दिनुहोस् :

(क) मौरीलाई सामाजिक प्राणी भनिन्छ ।

समुुहमा मिलेर बस्ने, अनुशासनमा कार्य गर्ने र विशिष्ट कार्य विभाजन भएकोले मौरीलाई सामाजिक प्राणी भनिन्छ।


(ख) मौरी पालनका लागि चरनक्षेत्रको आवश्यकता पर्छ ।

मौरीको खाना फुलको रस हो। यहि फुलको रसवाट यिनिहरुले मह बनाउछन्। त्यसको लागि प्रशस्त फलफुलयुक्त चरन क्षेत्रको आवश्यक पर्छ। 


(ग) भाले मौरी समागमपछि मर्छ ।

भाले मौरीले रानी मौरीसँग समागम गरेपछी यसको लिङ्ग र पेटका तन्तुहरु नराम्ररी च्यातिने भएकोले समागम पछि भाले मौरी मर्छ।


(घ) मौरी बहुउपयोगी किरा हो ।

यिनिहरुले पौष्टिक खानेकुरा मह बनाउँछन्।

यिनिहरुले फलफुलको परागसेचन क्रियामा सकारात्मक भूमिका खेल्छन र उत्पादकत्व बढाउँछन्।

महको व्यवसायवाट आर्थिक लाभ लिन सकिन्छ ।

विभिन्न औषधी, टनिक तथा खानेकुरामा मह आवश्यक पर्छ। 

यिनिहरुले अनुशासन र समुहमा मिलेर बस्ने गुण सिकाउछन्।


  1. तलका प्रश्‍नको उत्तर दिनुहोस् :

(क) मौरीको घारमा रहेका मौरीका प्रकार लेख्नुहोस् ।

मौरीको घारमा तीन किशिमका मौरी हुन्छन्। 

१. रानी मौरी

२. भाले मौरी

३. कर्मी मौरी


(ख) भाले मौरीको काम के हो ?

भाले मौरीको काम रानी मौरीलाई गर्भाधान गराउनु हो।


(ग) यदि कुनै कारणवश रानी मौरीको मृत्यु भयो भने उक्त मौरीको घारको नियन्त्रण कसले गर्छ ?

यदि कुनै कारणबस रानी मौरीको मृत्यु भयो भने कर्मी मौरीले रानी मौरी उत्पादन गर्न सुरु गर्छन। उक्त समयमा घार नियन्त्रणको मुख्य भुमिका कर्मी मौरीको हुन्छ। 


(घ) रानी मौरीले अरू मौरीलाई कसरी नियन्त्रण गर्छ ?

रानी मौरिले शरीरबाट गन्ध निकाल्छ र उक्त गन्धहरु मौरि ले ग्रहण गर्दछन। यसै गन्धको सहायताले मौरीले अरु मौरिलाई नियन्त्रण गर्दछ। 


(ङ) महको उपयोगिता लेख्नुहोस् ।

टनिक महमा पौष्‍टिक तत्व पाइने हुँदा खानको लागि प्रयोग गरिन्छ।

आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ। 


(च) रानी मौरीको शारीरिक बनावटका बारेमा वर्णन गर्नुहोस् ।

  • मौरीको घारमा रहेको सबैभन्दा ठुलो आकारको मौरी रानी मौरी हो। 

  • रानी मौरीको टाउको अरु मौरीको भन्दा सानो र गोलो हुन्छ।

  • पेट ठुलो हुन्छ।

  • पेटको अन्तिममा खिल हुन्छ।


(छ) कर्मी मौरीका कार्य उल्लेख गर्नुहोस् ।

कर्मी मौरीको काम फूलको रस जम्मा गर्ने, घार बनाउने, लार्भाको हेरचाह गर्ने, शत्रुसँग लड्ने आदी हो।


(ज) मौरीहरूमा कार्य विभाजन कसरी हुन्छ, व्याख्या गर्नुहोस् ।

मौरिका कार्यहरु:

क्र.स

वर्ग

उमेर

कार्य

भाले

जीवनभर

रानी मौरीलाई गर्भधान गराउने र घारलाई न्यानो राख्‍ने

रानी

जीवनभर

फुल पार्ने र शरीरबाट बिभिन्‍न गन्धहरु निकालेर घारलाई नियन्त्रणर सञ्‍चालन गर्ने

कर्मी

१-३ दिन

चाकामा टाँसिएर अरु फुल, लार्भा र प्युपालाई न्यानो पार्ने र कोष सफा गर्ने



४-६ दिन

लार्भालाई मह र कुट खुवाउँछन्।



७-११ दिन

शीर ग्रन्थीबाट रोयल जेली उत्पादन हुन्छ।

रानी र लार्भालाई रोयल जेली खुवाउँछ।



१२-१७ दिन

मैन ग्रन्थीको बिकास हुन्छ।

मैनको प्रयोग गरेर चाका बनाउने, लार्भा र मह कोष बन्द गर्छन्।



१८-२० दिन

विष ग्रन्थी विकास हुन्छ।

घारको सुरक्षा गर्छन्।



२१ दिनपछि

फूलको रस, परागकण, पानी संकलन गर्न बाहिर जान्छन्।




(झ) मौरीको जीवनचक्र चित्रसहित व्याख्या गर्नुहोस् ।













(ञ) अनिसेचित फुलबाट भाले मौरी विकास हुने प्रक्रियालाई के भनिन्छ ?

अनिसेचित फुलबाट भाले मौरी विकास हुने प्रक्रियालाई पार्थेनोजेनेसिस भनिन्छ। 


(ट) एक जना कृषकले मौरीपालन गर्दा वरिपरिका कृषकहरूको पनि आयआर्जनम वृद्धि हुन्छ । यस भनाइलाई आफ्ना तर्कसहित स्पष्ट पार्नुहोस् ।

मौरीले फूलको रस चुस्ने क्रममा एक फूलको परागकणहरु अर्को फूलसम्म पुर्‍याउँछ र परपरागसेचन हुन गई बिउको उत्पादन हुन्छ। त्यस ठाउँमा मौरीपालन गर्दा वरिपरी रहेको बालिमा फूलको रस चुस्‍ने क्रममा परपरागसेचन क्रिया हुन गई बाली उत्पादन  वृद्धि हुन जान्छ र कृषकहरुको आयआर्जनमा पनि वृद्धि हुन्छ ।


(ठ) मौरीपालन क्षेत्रमा चरनको समस्याले गर्दा मौरीपालकले मौरीलाई त्यहाँबाट अन्तै सारेछन् । त्यसो गर्दा नजिकैको कृषकको तोरी बालीको उत्पादनमा ह्रास आएछ । यसका आधारमा मौरीपालन र कृषि उत्पादनको सम्बन्ध व्याख्या

गर्नुहोस् ।

मौरीले फूलको रस चुस्ने क्रममा एक फूलको परागकणहरु अर्को फूलसम्म पुर्‍याउँछ र परपरागसेचन हुन गई तोरी को उत्पादन हुन्छ। त्यस ठाउँमा मौरीपालक किसानले मौरी अन्त सार्दा तयस क्षेत्रमा तोरीमा परागसेचन क्रिया कम हुन जाने भएकोले तोरी उत्पादन घटेको हो।


(ड) कन्सेप्ट म्याप अध्ययन गरी उक्त म्याप पूरा गर्नुहोस् ।


Comments

Popular posts from this blog

Chapter 7 Force and Motion

Chapter 1 Scientific Study